देश पोष्ट /ताप्लेजुङ । प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले सर्बोच्च अदालतको परमादेश मार्फत नयाँ प्रधानमन्त्री तोकेपछी निर्बाचनको औचित्य नरहेको बताउनु भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा स्थानिय सरकार तथा नेता,कार्यकर्ता एबं पत्रकारहरु संगको भेटका क्रममा ‘सांसद स्वतन्त्र हुने हो भने पार्टी किन चाहियो, संगठन किन चाहियो ? मुलुकको राजनैतिक गलत अभ्यासवाट भाबी दिनमा ठुलो मूल्य चुकाउनु पर्ने भएकाले बेलैमा सचेत रहन आग्रह गर्नुभएको छ ।
गलत अभ्यासबाट सरकार बनेकाले काग्रेसलाई पनि खुसी नहुन उहाँले आग्रह गर्नुका साथै सबै दलका नेताहरुले गल्ति कमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा राख्नु भएको हो ।
नगरपालिकामा भेटघाट कार्यक्रममा बिचार राख्ने क्रममा फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले माधब नेपाल प्रती लक्षित गर्दै आफ्नै घरमा आगो लगाउनेसँग खुट्टा नकमाउन मन्त्री राईलाई सुझाव दिनुभएको छ ।
मेयर प्याकुरेलले भन्नुभयो ‘तपाईंलाई मैले पहिलो पटक देखेको, पहिलो पटक भेटेको हो,‘पार्टीको कुन खेमाको हो मलाई थाहा छैन, आफ्नै घरमा आगो लगाउने माधव नेपालहरुसँग खुट्टा कमाउनु जरुरी छैन ।’ उहाँले बोली र ब्यवहारमा प्रष्ट हुनुपर्नेमा पनि जोड दिनुभयो ।
ताप्लेजुङमा ओली र नेपाल समुहका छुट्टाछुट्टै पार्टी कार्यालय रहेको छ । एमाले र माओवादी पार्टी एकीकरण हुनु अघिसम्मका अध्यक्ष बलवहादुर साम्सोहाङ नेतृत्व र संस्थापन समूहले चयन गरेका जिल्ला अध्यक्ष भूपेन्द्र थेवे नेतृत्वको पार्टी कार्यालय रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]