देश पोष्ट /खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बलिदान आधारभुत विद्यालयको औपचारिक उद्घाटन भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन एवं हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐनको आधारमा दाल्फुमा बलिदान आधारभुत विद्यालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
तत्कालका लागि सरस्वती वाल बिकास केन्द्रको भवनबाट सञ्चालन हुनेगरी नगरपालिकाबाट स्वीकृति पाएको विद्यालय शनिबार मेयर इवन राई र उपमेयर बिमला राईले उद्घाटन गर्नु भएको हो ।
बलिदान आधारभुत विद्यालय स्थानीय तहको निर्वाचन यता स्थापना गरिएको नगरपालिकाकै पहिलो सामुदायीक विद्यालय बनेको छ । ११ वडा रहेको नगरपालिकामा सामुदायीक विद्यालयको संख्या ८९ वटा पुगेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका, नगर शिक्षा समितिको गत जेठ २० गतेको बैठकले बलिदान आधारभुत विद्यालयलाई नयाँ शैक्षिक सत्रदेखि कक्षा १ सञ्चालनको अनुमति दिने निर्णय गरेको थियो । हालसम्म विभिन्न विद्यालयलाई माथिल्लो कक्षा सञ्चालन गर्ने अनुमति दिँदै आएको नगरपालिकाले दाल्फुमा भने नयाँ विद्यालय सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]