देश पोष्ट/ काठमाण्डौ । सर्वोच्च अदालतको परमादेश मार्फत प्रधानमन्त्री नियुक्त र संसद पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आजबाट सुरु हुँदैछ ।
आज दिँउसो ४ बजे बस्ने बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले अरु कार्यसूची तय गर्ने सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर मिति भने तय भइसकेको छैन । यस्तै अघिल्लो सरकारले ल्याएका १६ वटा विधेयकलाई प्रक्रियामा लैजाने तयारी पनि भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]