देश पोष्ट /काठमाडौँ । सर्बोच्च अदालतको परमादेश पछी सरकारबाट बर्हिगमन भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न विधान अधिवेशनको तयारीका लागि स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे स्थाई कमिटीको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ः०० बजे बोलाइएको छ ।
पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत बोलाइएको छ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]