देश पोष्ट/ खोटाङ । फेसबुकको दुरुपयोग गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीको ‘यो मायाको सागर’ नामको नक्कली फेसबुक आइडिबाट चरित्र हत्या गर्ने प्रयास भएको जानकारी प्राप्त भएको छ ।
उक्त आइडीबाट फ्रेण्ड रिक्वेस्ट आएको र फ्रेण्डलिष्टमा हेर्दा आफ्नै गाउँका दिदीबहिनीहरु देखेपछि आँफुले पनि चिनजानकै मान्छे ठानेर फ्रेण्ड रिक्वेस्ट स्वीकार गरेपछी पटक–पटक आफ्नै तस्बिर राखेर अपशव्द प्रयोग गरेर ‘सेक्स्सुअल’ स्टाटस लेखेर टाइमलाइनमा राखिदिने र ट्याग गरिदिन थालेपछि उक्त आइडीबाट चरित्र हत्याको प्रयास भएको भन्दै प्रहरीमा उजुरी गरेको युवतीले जनाएकीछन् ।
नक्कली फेसबुक आइडीबाट गाउँघरमा हिँडडुल गर्नै अप्ठ्यारो हुनेगरी आक्रमण भएको र आँफुलाई अन्याय परेको उनी बताउँछिन् ।
सोही ठाउँकी अर्की १९ वर्ष र २१ वर्षकै युवती पनि ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाटै पीडित छन् । ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट तिनै युवतीको तस्बिर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेका छन् । युवतीको टाइमलाइनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँग सँगै बसेर पढ्न सकिन्न ।
‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट उनीहरु मात्र नभएर हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, रावाबेँसी गाउँपालिका–१ कुभिण्डेदेखि काभ्रेसम्मका दर्जनौं युवती पीडित भएको पाइएको छ । अश्लिल स्टाटसले समाजमा मुख देखाउँनै असहज बनाएको पीडित युवतीले बताईन् ।
किशोरीको तस्बिर राखेर पटक–पटक अश्लिल पोष्ट गर्दा परिवारमा समेत तनाव सिर्जना भएको छ । नक्कली फेसबुक अकाउण्ट बनाएर युवतीको मानमर्दन गर्ने र सामाजिक रुपमा बेइज्जत गर्ने व्यक्तिको हालसम्म पहिचान भएको छैन । ‘हाम्रो इज्जत र प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ । घर परिवार र समाजले हेर्ने दृष्टिकोण समेत नकरात्मक बनेको छ, उनिहरुको भनाई रहेको छ ।
नक्कली फेसबुक आइडीबाट मानमर्दन गर्ने व्यक्तिको पहिचान एवं कारबाहीका लागि पीडित चार युवतीहरुले जिल्ला प्रहरी कार्यालय खोटाङमा असार १२ गते र असार १९ गते निवेदन दिएको र असार १३ गते प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटी काठ्माण्डौंमा पनि निवेदन दिएको भएपनि हालसम्म दोषी पत्ता लाग्न नसकेको गुनासो ब्यक्त गरेकाछन् ।
अपराधीको खोजी तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालको भनाई रहेको छ । लम्सालका अनुसार ‘यो टेक्निकल कुरा भएकाले साइबर व्यूरोसँग समन्वय गरेर काम भइरहेको छ । त्यो मान्छे बसेर चलाइरहेको स्थान पत्ता लागिसकेको छ,’ ‘त्यो मान्छे विदेशमा भएकाले को, के हो भन्ने पत्ता लगाउन गा¥हो भइरहेको छ । त्यसको पहिचानका लागि इन्टरपोलमार्फत प्रयास गरिरहेका छौँ ।’
प्रहरीसम्म उजुरी पुगेपछि सो आइडी सञ्चालकले क्रमशः सबैलाई फ्रेण्डलिष्टबाट हटाउँदै लगेको बताइएको छ । एक युवतीको तस्बिरलाई प्रोफाइल पिक्चर बनाएका उनले हाल सोे तस्बिर समेत हटाएको पाइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]