देशपोष्ट/काठमाण्डौं । नेकपा(एमाले) का नेता रघुजी पन्तले पार्टी अध्यक्ष केपी हर्मा ओलीसँग जवाफ मागेका छन । माधव नेपाल समुहमा रहेका नेता पन्तले सर्वोच्च अदालतको फैसला, सर्वोच्चका प्रधान न्यायधिस चोलेन्द्र शमसेर र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल विरुद्ध कार्यकर्ता खटाएर सार्वजनिक रुपमा नरावाजी गर्न लगाएको , प्रधानन्ययधिस र वरिष्ठ नेता नेपालको पुत्ला दहन गर्न लगौको भन्दै ओलीसँग जवाफ मागेका हुन ।
पार्टी अध्यक्ष ओलीले मुखले पार्टी एकताको कुरा गर्ने र व्यवहारले पार्टी विभाजन गर्न खोज्दै दोहोरो चरित्र देखाएको बताउँदै ‘चौबीस घण्टे स्पष्टिकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपालविरूद्ध नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र ब्यवहार किन र केका लागि ? मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौं ।’
‘सर्वोच्चको फैसला र प्रधानन्यायाधीशविरूद्ध नारा जुलुश एवं पुत्ला दहन गरिएकामा आपत्ति जनाउँदै पन्तले अध्यक्ष ओली र नेता सुवास नेम्बाङलाई समेत प्रश्न गर्नुभएको छ, ‘सर्वोच्च अदालतको फैसलाविरूद्ध नारा जुलुश गर्ने र प्रधान न्यायाधीश विरूद्ध नारा लगाउँदै उनको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय ब्यवस्था मन्त्री भैसकेका र कानून ब्यवसायी समेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका ? आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला ।’
सडकमा देखाइएका हर्कतले नेतृत्वप्रति कस्तो साख रहला भन्दै नेता पन्त भन्नुहुन्छ, ‘सडकमा जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भैरहेको छ त्यसले नेकपा (एमाले) को मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ । यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु । हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन !’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]