देशपाेष्ट/काठमाण्डाै । आज मिति २०७८ श्रावण महिनाको ६ गते बुधबार, माता पाथिभराको दर्शन गरि दैनिक राशिफल हेर्नुहोस
१) मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।
२) वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज कुनै कुराले मनमा प्रसनता छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममा पनि सफलता प्राप्त हुनेछ ।
३) मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
४) कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।
५) सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
६) कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।
७) तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
८) वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।
९) धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।
१०) मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
११) कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।
१२) मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमय पनि हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]