देशपोष्ट/काठमाण्डौ । अहिलेकी चर्चित नायिका प्रियंका कार्की यतिबेला निकै चर्चामा छिन । उनि चलचित्रले भन्दापनि आफ्नो गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा पेष्ट गरेको कारणले चर्चामा आएकि हुन् । उनको बेबि–बम्पका तस्विरहरुमा धेरै किसिमको टिप्पणीहरु आएका छन् । उनको तस्बिरमा विशिष्ट व्यक्तिदेखि सर्वसाधारण सम्मले टिप्पणी गरेका छन् । उनको तस्बिरले एककिसिमको बहस सिर्जना गरेको छ । यो बहसमा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि जोडिएका छन् ।
यति गर्न यो यो खानैपर्छ: १.महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना(गूगल सर्च गरौं);२.युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस;३.ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल! https://t.co/9jWPTzntAr
— Baburam Bhattarai (@brb1954) July 21, 2021
पूर्व प्रधानमन्त्री भट्टराईले कार्कीको कामको प्रशंसा गर्दै रुढिबादि सत्ताको जालो च्यात्ने सहासिक कार्य भन्दै सामाजिक सञ्जाल ट्विटरमा पोष्ट गरेका छन् । उनी लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]