देश पोष्ट/ काठमाडौं । अफगानिस्तानको तिन शहर तालिवानी लडाकुले कब्जामा लिन खोजेपछी अफगानिस्तान सैनिक र तालिवानी लडाकु बिच भिडन्त जारी रहेको छ ।
अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो ।
आगामी सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै तालिबान समूहले आक्रमण तीव्र बनाएको छ ।
तालिबानले ग्रामिण क्षेत्रहरु कब्जा जमाउँदै गएको छ । यद्यपि प्रमुख शहरहरु भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् ।
अमेरिकाको एक संस्था साइगरले अफगानिस्तानको अहिलेको अवस्थामा सुधार नभए सरकारको अस्तित्व संकटमा पर्न सक्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।
हाल सम्म दुईपक्षीय भिडन्तका कारण अफगानिस्तानमा गम्भीर मानवीय संकट नआएको भएपनि आउनसक्ने खतरा बढेकोले चिन्ता व्यक्त गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]