देश पोष्ट/ काठमाडौं । दशौं महाधिबेशनको तयारीका लागि नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बोलाउनु भएको छ ।
स्थायी कमिटी बैठक सकिएपछि दिउँसो तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनु भएको छ ।
वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुन्छ । विधान अधिवेशन पनि तोकिएकाले त्यो निर्णय पनि हुन्छ’, प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो ।
अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् ।
गत शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमतिको आधारमा पार्टी एकता सार्थक निष्कर्षमा पु¥याउनुपर्ने निर्णय गरेपनि दुई पक्षको हाल सम्म सहमती हुन सकेको छैन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]