देश पोष्ट /काठमाण्डौैं । अफगानिस्तानमा तालिवानी बिद्रोहीले सत्ता कब्जा गर्न खोजेको बिषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताउनु भएको छ ।
राप्रपा अध्यक्ष थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेको प्रशंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गर्दै ट्वीट गर्नु भएको छ ।
अध्यक्ष थापाले ट्विटमा लेख्नु भएको छ ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ । २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]