देश पोष्ट /काठमाण्डौं । अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछी थप हिंसाबाट जोगाउन नेपाल फर्कनकाे लागि सरकारको सम्पर्कमा आउने २०५ जनालाई चार्टड फ्लाइट बाट नेपाल ल्याइएको छ ।
दुइटा चार्टर्ड फ्लाइटमा २०५ जना नेपाली काठमाडौं आएका थिए। दुबै चार्टर्ड जहाज कुवेतबाट नेपाली ल्याएर आएका थिए। जजिरा एयरलाइन्सको जहाजबाट मंगलबार दिउँसो ११८ र राति ८७ जना नेपाली काठमाडौं पुगेका हुन्।
त्यसैगरी परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको जानकारी दिएको छ ।
मन्त्रालयले अफगानिस्तानमा रहेका थप नेपालीहरूलाई कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ।
उद्धार गर्ने कार्यमा संस्थागत रूपमा अफगानिस्तानमा रोजगारीका लागि नेपाली नागरिकलाई पठाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई समेत उद्धार प्रकृयामा सहयोग गर्न अनुरोध गरिएको परराष्ट्रले जनाएको छ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्नका लागि दुइटा उपाय लगाएको छ। वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]