देश पोष्ट /काठमाण्डौं । नेपालको इतिहाँसमा पहिलो महिला मुख्यमन्त्री नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बुधबार एमाले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि राज्य पुनसंरचनाको कार्यन्वयान स्वरुप संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए पनि सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए ।
पछिल्लो समय राजनैतिक अस्थीरताको बिच बुधबार डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य एमालेको संसदीय दलको नेता चुनिँदै सोही आधारमा मुख्यमन्त्री नियुक्त हुनु भएपछी नेपालमा महिला मुख्यमन्त्री बनेको एउटा इतिहाँस कायम भएको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]