देश पोष्ट /काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका अफगानिस्तानका राष्ट्रपति असरफ गानीले देश फर्कीने बिषयमा छलफल भइरहेको बताएका छन् ।
तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै गत आइतबार गानीले देश छाडेका थिए । शुरुमा उनी भागेर ताजिकिस्तान गएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि फेरि राष्ट्रपति गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सलाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको व्यक्तिगत सुरक्षा गार्डलाई उद्धृत गर्दै अल–जजीराले समाचार सार्वजनिक गरेको थियो ।
७२ वर्षीय घानीले आफू छिट्टै अफगानिस्तान फर्किनेबारे छलफल भइरहेको पनि बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
यस अघी गानीले ठूलो रकम लिएर देश छोडेको भनेर आएको खबरमा कुनै सत्यता नभएको स्पष्टीकरण पनि दिएका छन् ।
ताजकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले घानीले देश छोड्ने बेला करिब १६.९ करोड डलर रकम पनि सँगै लिएर गएको दाबी गरेको भएपनि उक्त समाचार हाल सम्म पुष्टि भएको छैन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]