देश पोष्ट /काठमाडौं । राजनितिक दल सम्बन्धी अध्यादेश ल्याएपछी माधब नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा दिएको निबेदनको आज फाइनल हुने भएको छ ।
परमादेशको सरकारले ल्याएको राजनितिक दल सम्बन्धी अध्यादेशपछी नयाँ दल दर्ताको लागि नेकपा एमाले बाट फुटेर गएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र संघिय समाजबादी पार्टीबाट महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत संख्या पुगे दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी रहेको छ ।
सनाखतका लागि बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भएको छ ।
राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाउनु भएको थियो भने ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाउनु भएको प्रबक्ता श्रेष्ठको भनाइ रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]