देश पोष्ट /काठमाडौँ । तालिवानी बिद्रोहीहरुको आतंक मच्चीरहेको बेला अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हिजो साझ आत्मघाती बम विस्फोट भएको छ ।
अमेरीकाले हिजै उक्त बिमानस्थल आसपास खतराको संकेत भएकोले बिहीबार एक सूचना जारी गर्दै काबुल विमानस्थलमा सुरक्षा जोखिम रहेको बताउँदै आफ्ना नागरिकहरुलाई तत्काल विमानस्थल वरपर नजान र सो स्थान बाट सुरक्षित स्थानमा नागरिकहरुलाई बस्न अर्लट जारी गरेको थियो ।
रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही दायाँतर्फ रहेको अर्को गेट अगाडि बिस्फोट भएको हो । बिस्फोटका बारे अमेरिकाको पेन्टागनका प्रवक्ताले पनि पुष्टि गरेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]