देश पोष्ट /काठमाण्डौं । निरन्तरको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढीरहेकोले बिभिन्न यात्रा तथा आँफु बसेको ठाँउमा सँचेत रहन आग्रह गरिएको छ ।
भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसे पछी नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पहिरोले भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीको भनाई रहेको छ ।
सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएर बसेको,सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]