देश पोष्ट /खोटाङ । नेकपा एमाले फुटेपनि खोटाङमा भने दुई महिना भित्रै पहिलाको अबस्थामा पार्टीलाई उभ्याउने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले घोषणा गर्नु भएको छ ।
माधब नेपालले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेपनि पार्टीलाई जस्ताको तस्तै बनाउनका लागि दुई महिना लाग्ने नेता भट्टराईको भनाई रहेको छ ।
भदौ १९/२० गते बसेको जिल्ला कमिटीको एघारौं पूर्ण वैठकको निर्णय सार्वजनिक गर्न सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले खोटाङमा दुई महिनाभित्र एमालेलाई जस्ताको त्यस्तै पार्टीको रुपमा उभ्याउने कुरा ब्यक्त गर्नु भएको हो ।
जिल्लाका दशैवटा पालिकामा संगठन विस्तारको महाअभियान संञ्चालन गरिने, जसका लागि १०० नेता कार्यकर्ता खटीइने,हप्ता दिनमा जिल्लाको ७९ वडाका साविकका नौ/नौ वडामा टोल कमिटी निर्माण गरेर वडा र गाउँस्तरको प्रशिक्षण कार्यक्रम गरिने कुरा ब्यक्त गर्नु भएको हो ।
६ कार्तिकमा ७९ वडामा वडा अधिबेशन र ९ कार्तिकमा पालिका अधिबेशन गर्ने तयारी रहेको साथै वैठकले नेकपा एमाले जिल्ला कमिटीलाई २०७५ जेठ २ मा फर्काएको भट्टराईको भनाई रहेो छ ।
८३ सदस्यीय जिल्ला कमिटी मध्येमा १४ जनाले एमालेमा आउँदैनौ भनेर भनेको र ७९ जनाले एमालेमै रहने उद्घोष गरेकोले सोही अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काएको भट्टराईले बताउनु भयो ।
पार्टी विभाजनपछि नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष गरी १२ जना र २३० जना जनप्रतिनिधि एमालेमै रहेको र जिल्लाभरीका ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको एमाले अध्यक्ष राम प्रसाद दंगालको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]