देश पोष्ट /काठमाडौँ । वैदेशिक रोजगार पत्रकार समाजको १२औँ साधारणसभा गत आइतबार सम्पन्न भएसंगै अध्यक्षमा उद्धवराज भट्टराई निर्बिरोध निर्वाचित हुनुभएको छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुँवर निर्वाचित हुनुभएको समाजका सल्लाहकार रामजी बगालेको भनाई रहेको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठ, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारी लगायतले बिचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अबसरमा वैदेशिक रोजगार पत्रकार समाजले प्रकाशन गरेको ‘श्रम तथा आप्रवासन’ स्मारिका विमोचन समेत गरिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]