देश पोष्ट/ काठमाडौं । नेपालको संघिय सरकारको इतिहाँसमै राजनैतिक अस्थीरताको कारण पहिलो पटक बजेट होलिडकोे श्रृजना भएको छ ।
के.पी.शर्मा ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय गराएको र देउवा सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च रोकिंदा आज मध्यरातबाट प्रतिनिधिसभाबाट विधेयक पारित नभइन्जेलसम्म सरकारी ढुकुटीबाट खर्च गर्न रोक लागेको छ ।
संघीय सरकारको इतिहाँसमा पहिलो पटक ‘बजेट होलिडे’को अवस्था आएको अर्थ मन्त्रालयका पूर्वसचिव रामेश्वर खनालको भनाई रहेको छ ।
वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा संसदमा टेबल गरेपनि मंगलबार एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भयो । त्यसलगत्तै संसदको अर्को बैठक असोज चार गतेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारले बजेट (विनियोजन विधेयक–२०७८) लाई नियमित प्रक्रियाबाटै पास गर्ने बाटो रोजेकाले अब केही दिन सरकारलाई राज्यकोषबाट खर्च गर्न रोक लाग्ने छ ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै अर्थमन्त्री शर्माले खर्च गर्न रोकिनसक्ने बताए लगतै आज मध्यरातीबाट बजेट होलिडे शुरु हुने भएको हो । प्रतिनिधिसभाबाट विधेयक पारित नभइन्जेलसम्म सरकारी ढुकुटीबाट खर्च गर्न पाइने छैन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]