देश पोष्ट /काठमाण्डौ । हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्यामा प्रधानमन्त्री एरियल हेनरी मुछिएको एजेन्सीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरूले प्रधानमन्त्री एरियल हेनरीतर्फ शंका गरीएको जनाएको छ ।
प्रमुख अनुसन्धानकर्ताले एकजना न्यायाधीशलाई प्रधानमन्त्री हेनरीलाई राष्ट्रपतिको हत्यामा संलग्न भएको अपराधमा मुद्दा चलाउन चिठी लेखेका छन्। उनले हैटीको अध्यागमन कार्यालयलाई लेखेको पत्रमा प्रधानमन्त्री हेनरीलाई देश छोड्न नदिन भनिएको छ।
७१ वर्षीय न्युरोसर्जन हेनरी राष्ट्रपति मोइसेको हत्या भएको दुई सातापछि हैटीको प्रधानमन्त्री बनेका थिए। अनुसन्धानकर्ताले भने राष्ट्रपतिको हत्याका एकजना अभियुक्तसँग हत्याअघि हेनरीको फोन सम्पर्क भएको देखिएको बताएका छन्।
५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]