देश पोष्ट/ खोटाङ। काेराेना कहरकै बिचमा लामखुट्टेको टोकाइबाट सर्ने डेगुं रोगको संक्रमण जिल्लाका ३ स्थानिय तहका ८ जनामा देखा परेको जानकारी प्राप्त भएको छ ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ जना, रावाबेँसी गाउँपालिकामा १ जना र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १ जना गरी ८ जनालाई डेङ्गु रोग लागेको पुष्टि भएको र संक्रमितकाे संख्या बढ्न सक्ने भन्दै सचेत रहन जिल्ला अस्पताल खोटाङले अनुराेध गरेकाे जनाएको छ ।
डेङ्गु सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले बताउनुभयो ।
लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले सबै सचेत हुन जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकको भनाई रहेको छ ।
एक्कासी लगातार ५–७ दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्त श्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच/छ दिनपछि शरीरमा बिमिरा आउने लगायतका शारीरिक समस्या देखिनु डेङ्गुको लक्षण भएको डा. मल्लिकले बताउनुभयो ।
डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भएपनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने लगायतका लक्षण पनि देखिन सक्ने डा.मल्लिकको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]