धादिङ, ४ कात्तिक । भारतबाट विभिन्न कम्पनीहरुमा ढुवानी हुने खाना पकाउने एलपी ग्याँस बीच बाटोमा नै चोरी हुने गरेको तथ्य सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले मनहरी गाउँपालिका- ६ नयाँबस्तीस्थित एक पसलमा ग्याँस बोकेको बुलेटलाई रोकेर खान्तलासी गर्दा घरेलु उपकरणको प्रयोग गरी सिलिन्डरमा भरिरहेका तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा ग्याँस चोरी गरी बेच्ने कार्यमा संलग्न रहेका स्थानीय व्यापारी वर्ष ४३ का भरत कार्की, चालकहरु सुनुकुमार र विपिन कुमार रहेका छन् । भारतबाट आएका दुईवटा एन.एल ०११० १३१ र युपी ७० बीटी ९९९६ नम्बरको ग्यास बुलेटलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरी निरीक्षक प्रकाश थापाले दुईवटा बुलेट, बुलेटका चालक र १८ वटा खाली तथा १३ वटा भरिएका विभिन्न कम्पनीका सिलिन्डरहरु समेत नियन्त्रणमा लिन सफल भएको जानकारी दिनुभयो । थापाले भने, ‘सिलिन्डर भर्नका लागि फलामको पातामा पाइप जोडिएको घरेलु उपकरणको निर्माण गरी प्रयोग हुने गरेको अनुसन्धानबाट खुलासा भएको छ । असुरक्षित र जोखिमपूणर् तवरले बुलेटको खतरा लेखिएको बक्स खोली घरेलु उपकरण प्रयोगमा ग्याँस चोरी हुने गरेको छ फेला पारेका छौ एउटा बुलेटबाट ८ देखि १० वटा सिलिन्डर चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीललाई प्राप्त प्रारम्भिक जानकारी अनुसार भारतीय बुलेट चालकहरुले कार्कीको पसलमा दैनिक रुपमा ग्याँस बिक्री गर्नेगरेका थिए । उनीहरुले प्रति सिलिन्डर १ हजार रुपियाँमा कार्कीलाई बेच्ने र कार्कीले १३ सय रुपियाँमा उपभोक्ताहरुलाई बिक्री वितरण गर्ने गरेको कुरा खुलासा भएको छ ।
उक्त ग्यास बुलेट पोखराको शक्ति ग्याँस उद्योग र धादिङको क्याप्सन ग्याँस उद्योगमा ती दुई वटा बुलेटहरुले ग्याँस लैजाँदै गरेका थिए । प्रहरीका अनुसार अन्य ग्याँस बोक्ने बुलेटको गिरोह नै यस्तो कार्यमा संलग्न भएको आशंका गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]