काठमाडौं, ४ कात्तिक ।निरन्तरको वर्षाका कारण देशभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पुर्याएको सडक विभागले जानकारी दिएको छ।
सडक विभागका अनुसार वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । त्यसैगरी उहाँले साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको कुरा छ । अघिल्लो वर्षको वर्षायाममा अवरुद्ध भएको उक्त सडक मात्रै एक महिनाअघि देखि सञ्चालनमा आएको थियो । उहाँका अनुसार महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म अवरुद्ध भएका ठाउँठाउँका सडकहरु सञ्चालनमा आइसकेको बताइएको छ । त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर-राजापुर खण्डको सतीघाट भन्ने ठाउँमा ठूलो क्षति पुर्याएको बिभागले जानकारी दिएको छ ।
बेँसीसहर चामेबाट मनाङतर्फ जाने सडक पुनः अवरुद्ध भएको बिभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । वर्षाले क्षति भएका यी सडक दुई महिनाअघि मात्र सञ्चालन भएको थियो। उहाँले भने, “मुस्ताङ जाने सडकको काभ्रेभीर नामक ठाउँमा पनि सडक अवरुद्ध भएको छ ।निरन्तरको वर्षापछि देशैभरि सञ्चालनमा आइसकेका कुनै पनि पुलमा अहिलेसम्म क्षति पुगेको छैन्।”
वर्षाले क्षति पुर्याएका राजमार्ग तथा सबै सडकहरु अबको पाँच दिनभित्र नै आवागमन हुने गरी मर्मत कार्यहरु सुरु गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]