देश पोष्ट / खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ स्थित नितु स्मृति प्रतिष्ठान नेपाल द्धारा आयोजित १५ औँ साधारण सभा, पाँचौ अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बाम्राङका सम्पूर्ण विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई आज पुरस्कार वितरण गरिएको छ । सम्पूर्ण विद्यालयका उत्कृष्ट १० विद्यार्थीहरु र गरिब तथा जेहेन्दार ९जना विद्यार्थीहरुलाई ३० हजार बराबरको पुरस्कार वितरण गरिएको नितु स्मृति प्रतिष्ठान नेपालका सचिव लिला बहादुर खत्रीले जानकारी दिनुभयो ।
वि.स. २०६३ सालमा स्थापित यस संस्थाले स्थापना कालदेखि नै बाम्राङका सम्पूर्ण विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आएको छ । यस संस्थाका अध्यक्ष महेन्द्र बहादुर राई हुन् । यो संस्था २ लाख ७५ हजार रुपैंयाबाट सुरु गरिएको थियो ।
त्यसैगरि, इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोष द्धारा आयोजित चौथो साधरण सभा तथा पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न भएको छ ।
वि.स २०६४ सालमा स्थापित यस अक्षय कोषले बाम्राङका सम्पूर्ण विद्यालयका उत्कृष्ट १० विद्यार्थीहरु र गरिब तथा जेहेन्दार ९जना विद्यार्थीहरुलाई ३० हजार बराबरको पुरस्कार वितरण गरिएको इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोषका अध्यक्ष राम प्रसाद राईको भनाइ रहेको छ । यस अक्षय कोष ३ लाख १० हजार रुपैंयाबाट सुरु गरिएको छ ।
यी दुबै सस्थाहरुको उद्देश्य विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गराउनु हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]