देश पोष्ट / खोटाङ ।आज कार्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने चन्द्र ग्रहण नेपाल आकाशबाट खासै नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आंशिक रूपमा लाग्ने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख भएको छैन ।
नेपाली समयानुसार आज दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्र ग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिल जनाइएको छ ।
नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्र ग्रहण देख्न सकिने जानकारी दिनुभयो ।
नेपालबाट विरलै छायाजस्तो भाग मात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उहाँले बताउनुभयो । यस पटकको चन्द्र ग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]