देश पोष्ट /खोटाङ । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजर्माग अन्तर्गत बिहीबार दिउँसो कैलालीको लम्कीमा ना २ ख ९३७० नम्बरको ट्रकल टीकापुर नगरपालिका–२ की ४० वर्षकी गोमा थापालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमाथि आगजनी र तोडफोड गरेका छन्। ट्रकमा आगजनी गर्न खोजेपछि स्थानीयलाई रोक्न प्रहरीले अश्रुग्याँस र केही राउण्ड हवाई फायरसमेत गरेको थियो।
अहिले स्थानीयले बजार बन्द गराउनुका साथै राजमार्ग अवरूद्ध पारेका छन्। लम्कीको अवस्था तनावग्रस्त भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]