देश पोष्ट /खोटाङ । श्रीमानको हत्या गरेर फरार रहेकी एक महिला काठमाडौंबाट ७ वर्षपछि पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–१० स्थायी घर भएकी दिलकुमारी सेन छिन् । उनीमाथि आफ्ना पति द्रोणबहादुर सेनको हत्या गरेको आरोप थियो ।
२०७१ साल चैत ९ गते दाङको तुलसीपुर घर भई काठमाडौँको थापागाउँ बस्ने सेन धोबीखोलाको सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्था मृत फेला परेका थिए । प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा रामेछाप, गोकुलगंगा गाउँपालिका–४ बस्ने ५४ वर्षका भीमे सार्कीलाई पक्राउ गरेको थियो । तर दिलकुमारी भने फरार थिइन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दिलकुमारीलाई गोप्य सूचनाको आधारमा मंसिर १४ गते काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]