देश पोष्ट/ खोटाङ । सङ्खुवासभा चिचिला गाउँपालिका–३ सोलाखानीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा सुरुङ भित्र काम गर्ने एक जना मजदुरको ढुङ्गा खसेर लाग्दा ज्यान गएको छ ।
ढुङ्गा खसेर लाग्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंहको मृत्यु भएको हो ।
गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते हुनुभएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]