देश पोष्ट/ खोटाङ । गाईघाटबाट खोटाङको दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा बेलिब्रिज जडान भएपछि गाईघाट–दिक्तेल आवतजावत गर्न सहज भएको छ।
मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीमा सुरू गरिएको बेलीब्रिज जडान बिहीबार सम्पन्न भएको हो।
औपचारिक रूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरू भएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।
५० मिटर लम्बाइ र ६.५ मिटर चौडाइको उक्त बेलीब्रिज जडान रेग्मी कन्स्ट्रक्शन निर्माण कम्पनी प्रालि गाईघाटले ७६ लाख रुपैयाँको बजेटमा सम्पन गरेको सो कम्पनीका प्रोपराइटर महेश रेग्मीले बताउनुभयो ।
गाईघाट–दिक्तेल सडकअन्तर्गत प्रत्येक वर्ष हिउँदमा जडान गरिने र वर्षायाममा सुनकोसीको पानी बहाव बढेसँगै सुनकोसीको बेलिब्रिज छ महिनाका लागि खोलिने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ।
सुनकोसीमा स्थायी पुल निर्माण सम्पन्न नहुँदा खोटाङ देखि उदयपुर र उदयपुर देखि खोटाङ आउने जाने यात्रुहरूले दुःखकष्ट खेप्दै आउनुपरेको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]