देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तराष्ट्रिय आप्रवासी दिवशको अबशरमा बिदेशबाट फर्किएर स्वदेशमै स्वरोगार गर्नेेलाई नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।
सचेत सीपमुलक र सुरक्षित रोजगार मार्यादित श्रम आप्रबासनको मुल आधार भन्ने मुल नाराका साथ बिश्वभर आज डिसेम्बर १८ आप्रवासी कामदारहरुको सम्झना र सम्मानमा अन्तराष्ट्रिय आप्रवासी दिवश मनाइएको छ ।
उक्त दिबशको अबसरमा खोटाङमा भने सरोकारवालाहरु संग अन्तरक्रिया एबं बैदेशिक रोजगार बाट फर्किएर बिदेशको सिप र कमाईलाई स्वदेशमै सदुपयोग गरी स्वरोजगार गर्ने ५ जनालाई सम्मान गर्दै सम्पन्न भएको छ ।
हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको प्राविधिक सहयोग स्वीस विकास सहयोग नियोग र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा स्थानिय सेवा प्रदायक संस्था वालसेवा समाज नेपालको सहजिकरणमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी ले दिक्तेलको होटल शुभ दिनमा आज अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
सम्मानित हुनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका इलेक्ट्रिसियन प्लम्बीङको काम गर्दै आएका दुर्गा बहादुर राई, नेर्पाका वल्डिङ ग्रिल(रोशन ग्रिल उधोग)को काम गर्दै आएका रोशन राई, प्लम्बीङ मेसिनको काम गर्दै आएका सोल्माका कासकुमार राई, बंगुर फार्म सञ्चालन गर्दै आएका बुईपाका दीपेन्द्र उदास र सोल्मामा इलेक्ट्रिसियन काम गर्दै आएका भोजकुमार श्रेष्ठ रहेका छन् ।
सम्मानित हुने मध्येमा उदास बाहेक अन्यलाई आफ्नो सीपमा प्रयोग हुने ५ हजार बराबरको सामग्री र १५ हजारको चेक हस्तान्तरण गरिएको तर उदासलाई भने २० हजारको चेक नै हस्तान्तरण गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र बिशेष अतिथी नगरपालिकाकी उपप्रमुख विणादेबी राई,संस्थाकी अध्यक्ष चन्द्रकला भुजेलले चेक, सम्मान पत्र र सामग्री हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नगर प्रमुख रिजालले नगरपालिकाले स्वदेशमै स्वरोजगार बनाउनका लागि निति तथा कार्यक्रम ल्याएको,बिदेश गएर फर्किएकाहरुलाई कामका आधारमा निरन्तर सम्मान गर्दै लगिने र स्वदेशमै बस्ने वातावरण श्रृजना गरिने कुरा ब्यक्त गर्नु भएको थियो ।
नेपालमै पहिलो पटक जिल्लामा सन २०११ डिसेम्बर १८ बाट सञ्चालनमा आएको परियोजनाले बैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमुलक बनाउनका लागि सिप,सूचना,मनोपरामर्श,बित्तिय साक्षरता,उद्धार र निशुल्क कानुनी सहायता सेवा उपलब्ध गराउदै आएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]