लेखक ,मोहन दुलाल
देश पोष्ट /खोटाङ । संसारमा कतिपय मानिसहरूले आफ्नो जीवनलाई एउटा संघर्षको रूपमा मानेका हुन्छन त, कतिले जीवनलाई आफ्नो मोजमस्ति र रमाईलोको रुपमा लिएका हुन्छन् ।
हो साच्चिकै भन्ने हो भने आफ्नो जीवनलाई आ–आफ्नो तरिकाले कसरी जिउने त्यसमा भर पर्छ । कतिपयको जिन्दगी सुखमय हुन्छ त कतिपय
मानिसको दुःखमय जीवन वितिरहेको हुन्छ, मलाई लाग्छ जीवन भनेको एउटा बास्नादार फुल जस्तै हो जसरी एउटा सुन्दर फूलबाट त्यसको कति
मिठो बास्ना आउछ, हो त्यसैगरी जीवनको पनि तेति नै महत्व हुन्छ ।
कुनै सुन्दर फूलहरु फूलिरहँदा मिठो सुगन्ध आउनुका साथै फूलहरु पनि हराभरा देखिन्छन । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको
फुस्रो पात ।
तपाईं हाम्रो जीवन पनि त्यस्तै त हो, जसको जिन्दगी सुखमय तरिकाले बितेको छ, उनीहरु मिहिनेती र परिश्रमी हुन्छन् । त्यसैले त एक दिन
उनिहरू सफलता अवश्य प्राप्त गर्छन ।
जिवन / जिन्दगी भनेको एउटा यात्रा हो, जसरी एउटा बिरुवा हुर्कन्छ, बढ्छ जवान हुन्छ र उस्ले फल दिन्छ अन्त्यमा उ बुढो भएर ढलिदिन्छ ।
हाम्रो जीवन पनि त्यस्तै हो, एकदिन अवश्य मर्नैपर्छ, कोहि ढिलो त कोहि चाडो न हो !
तपाईं हामी जो जस्ले पनि जीवनमा ठुलो सपना देखेको हुन्छ । ती देखेका सपनाहरु कतिपय मानिसहरूका पुरा हुन्छ त कतिपयका पूरा हुन सक्दैन,
उनिहरूका ती सपनाहरू अधुरो नै रहन्छ ।
कतिपय सबै कुरावाट पूर्ण भएपनि जिउने आधार पाइरहेका हुदैनन् । तरपनि कति मानिसहरूको सपना अधुरो भए पनि यो संसारमा जिउने
आधार पाएका हुन्छन् ।
हाम्रो देशमा कतिपय मानिसहरू सडकको वास जिउन बाध्य भएका छन् । उनीहरुको जीवन पनि जीवन नै हो । जीवन भनेको जस्तो सुकै परिस्थितिमा पनि आँफुलाई कमजोर नठानी संघर्षकासाथ जिउनुनै जीवन हो ।
त्यसैले तपाई हाम्रो सास रहुन्जेल सवैको लागि सकरात्मक सोच लिएर अगाडि बढौ ।
धन्यवाद
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]