देश पोष्ट/ खोटाङ । दाङमा रोकिराखेको ट्रयाक्टरमा अटो रिक्सा ठोकिँदा एक जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते छन्।
तुलसीपुरबाट हेकुलीतर्फ जादै गरेको रा १ ह २९६६ नम्बरको अटो सडक किनारमै रोकेर राखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग बिहीबार बेलुका दंगीशरण ४ हेकुली चोकमा पछाडिबाट ठोकिएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
अटोमा सवार दंगीशरण गाउँपालिका ४ का ५० वर्षका दीपक बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालक दंगीशरण ३ हेकुलीका २७ वर्षीय मनिष चौधरी गम्भीर घाइते भएका छन्।
घाइते दुवैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बिहीबार बेलुका नै बाँकेको कोहलपुर रिफर गरिएको थियो।
ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]