देश पोष्ट/ खोटाङ । पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि यही पुस २२ गते ई–रिक्सा चालक भारतीय नागरिक ४५ वष मुख्तार मियाँ मृत आवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको छ । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।
मियाँको हत्याको आरोपमा बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।
उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न रु ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।
हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिए पनि एक जना भारतीय नागरिक फरार रहेको र खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]