देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ।
नगर कार्यपालिका तथा मातहतका कार्यलयहरुमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि माघ १३ गतेदेखि माघ १९ गतेसम्मका लागि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको हो।
कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्न र थप फैलिन नदिनका लागि नगर कार्यपालीकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु बाहेक अन्य सबै प्रकारका सेवाहरु बन्द गरिएको नगरपालिकाले बुधबार सूचना जारी गरेर जानकारी दिएको छ।
यस नगरपालिकामा १ सय जनामा कोरोना पूष्टि भईसकेको छ। कोरोना संक्रमित दैनिक बढिरहेको छ ।
जिल्लाभर कोरोना संक्रमितको कूल संख्या १५८ पुगेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]