देश पोष्ट /खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।
पालिका अध्यक्षमा एमालेका गिरेन्द्र बहादुर राई विजयी हुनुभएको हो भने गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारी विजयी हुनुभएको छ ।गठबन्धनका उम्मेद्वार माओवादीका श्री बहादुर राईलाई पछि पार्दै एमालेका गिरेन्द्र बहादुर राईले २ हजार ६ सय ६ मत पाएर विजयी हुनुभएको हो ।
उपाध्यक्षमा भने एमालेकी पुस्पकला भुजेललाई हराउदै गठबन्धनबाट कांग्रेसका राजेश राजभण्डारीले ३ हजार १ सय ४६ मत पाएर विजयी हुनुभएको छ ।
यस्तै पालिका अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेद्वार सन्तविर तामाङले १ हजार ६ मत प्राप्त गरेका छन् ।
बहादुर राईले २ हजार ४ सय ८० मत र भुजेलले २ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् ।
ऐँसेलुखर्क गाउँपालिका वडा अध्यक्ष
१ नं. वडा अध्यक्ष :पुरूषोत्तम राजभण्डारी (माओवादी)
२ नं. वडा अध्यक्ष : नन्द बहादुर तामाङ (एमाले)
३ नं. वडा अध्यक्ष : टेकेन्द्र राजभण्डारी (एमाले)
४ नं. वडा अध्यक्ष :भक्त बहादुर तामाङ (माओवादी)
५ नं. वडा अध्यक्ष : टंकराम राई (कांग्रेस)
६ नं. वडा अध्यक्ष : सुनिल राई (कांग्रेस)
७ नं. वडा अध्यक्ष : अरूण राई (एमाले)
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]