देश पोष्ट/ खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएका छन्।
अध्यक्षमा नेपाली कांग्रेसमा समीर राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का गुरुराज राई विजयी भएका छन्।
अध्यक्षका उम्मेदवार समीरले २ हजार २४४ मत र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माइतीराज राईले १ हजार ८०८ मत प्राप्त गरेका हुन् ।
निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा (एमाले) का उम्मेदवार कृष्णकुमार राईले १ हजार ७४४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा जसपाका गुरुराजले १ हजार ९८३ मत र एमालेकी मैया सुनुवारले १ हजार ७६१ मत प्राप्त गरेका छन्।
वडा अध्यक्ष तर्फ
वडा नम्बर १ मा अध्यक्षमा कांग्रेसका नवीनकुमार राई
वडा नम्बर २ मा एकीकृत समाजवादीका मिलनकुमार राई
वडा नम्बर ३ मा एकीकृत समाजवादीका तुलाराम राई
वडा नम्बर ४ मा माओवादी केन्द्रका खड्गबहादुर तामाङ
वडा नम्बर ५ मा माओवादी केन्द्रका हिमालभक्त राई
वडा नम्बर ६ मा कांग्रेसका गोपाल राई र माओवादी केन्द्रका तेजकुमार राई
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]