देश पोष्ट /खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पालिका अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई हराउदै गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी भएका हुन् ।
कांग्रेसेकी उम्मेदवार रमा कटुवाललाई हराउदै गाउँपालिका उपाध्यक्षमा एमालेकी उम्मेदवार अरुणा थापामगर विजयी भएकी छन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित लोकेन्द्रले २८०३ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने नइन्द्रले २१६२ मत र माओवादीका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले २०९३ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा थापामगरले २७३३ मत प्राप्त गरेर निर्वाचित भएकी छन् भने कांग्रेसेकी उम्मेदवार रमा कटुवालले २३१२ मत र माओवादीकी नैनकुमारी खत्रीले १७०६ मत ल्याएका छन् ।
वडाध्यक्ष तर्फ
१ नम्बर वडाध्यक्ष केशव खत्री (कांग्रेस)
२ नम्बर वडाध्यक्ष बद्री कटुवाल (कांग्रेस)
३ नम्बर वडाध्यक्ष भुपेन्द्र बस्नेत (एमाले)
४ नम्बर वडाध्यक्ष बबेन्द्र राई (एमाले)
५ नम्बर वडाध्यक्ष डम्बर बहादुर खड्का (कांग्रेस)
६ नम्बर वडाध्यक्ष मिलन राई (एमाले)
७ नम्बर वडाध्यक्ष गन्धमान थापा मगर (एमाले)
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]