देश पोष्ट/ खोटाङ । खोटाङको रावाबेसी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशीला गुरुङ विजयी हुनुभएको हो।
श्रेष्ठले प्रतिस्पर्धी एमालेका हरी पोखरेललाई हराउदै २ हजार ४ सय ८९ मत ल्याएर विजयी हुनुभएको हो । पोखरेलले २ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ।
गुरुङले प्रतिस्पर्धी माओवादीका लिलानारायण श्रेष्ठ(सबिन) लाई हराउदै २ हजार २ सय ५७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादीका लिलानारायणले २ हजार १ सय २० मत र जनता समाजवादी पार्टीका मोहन गुरुङले २ सय १२ मत प्राप्त गर्नुभएको छ।
वडाध्यक्ष तर्फ
१ नम्बर वडाध्यक्षमा गेहेन्द्रमान राई (कांग्रेस)
२ नम्बर वडाध्यक्षमा डोलराज बस्नेत(कांग्रेस)
३ नम्बर वडाध्यक्षमा वीरेन्द्र मगर ( एमाले)
४ नम्बर वडाध्यक्षमा ज्ञानबहादुर पाण्डे (कांग्रेस)
५ नम्बर वडाध्यक्षमा मनकुमार गुरुङ (कांग्रेस)
६ वडाध्यक्षमा चिरञ्जीवी कार्की (कांग्रेस)
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]