देश पोष्ट/ खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिले सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने पहिलो निर्णय गरेका छन् ।
गाउँपालिकाको कार्यालयले आयोजना गरेको पदवहाली तथा स्वागत कार्यक्रममा अध्यक्ष लोकेन्द्र राईले गाउँपालिकाभित्रका विद्यालयका कक्षा कोठा धुलोरहित बनाउने निर्णय गरेका हुन्।
शिक्षा नै सबैको जीवनको आधार भएको भन्दै राईले आफ्नो कार्यकालभित्र सुधारिएको र सवल शिक्षा क्षेत्र बनाउने बताएका छन्। विद्यालयको कक्षा कोठामा धुलो र फोहोर हुँदा विद्यार्थीको स्वास्थ्यमा हानी त छ नै विद्यार्थीलाई पढ्ने वातावरण समेत प्रतिकुल हुन्न, त्यसकारण तत्काल सिमेन्टेट गर्ने बताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]