देश पोष्ट/ खोटाङ । खोटाङको दिक्तेलबजारभित्रको बाँकी सडक ढलानको काम ७ दिनभित्र सुचारु गर्न आग्रह गरिएको छ । यदि नगरे कानुन बमोजिम कारबाही गरिने भएको छ ।
सदरमुकाम तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारीक केन्द्र समेत रहेको बजारको बाटो ढलान कार्य लामो समयदेखि स्थगित भएका कारण यातायात अवरुद्ध भएको, हिडडुल गर्न समेत समस्या भएको, निर्माणाधिन बाटो अलपत्र रहेका कारण दुर्घट्नाको जोखिम भएको तथा स्थानीयबासीहरुबाट व्यापक जनगुनासो आएकाले हप्ता दिनभित्र पुनः काम सुचारुका लागि पहल गरिदिन भनि मेयर तीर्थराज भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सोमबार पत्रचार गर्नुभएको छ ।
मेयर भट्टराईले सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई बोधार्थ राखेर निर्माण कम्पनी एससीएफ बिएनएस जेभीलाई भने ७ दिनभित्र निर्माण कार्य सुचारु गरी सम्पन्न गर्न निर्देशन दिनुभएको छ । तोकेको दिनमा काम सुचारु नगरेमा सार्वजनिक खरिद अनुगमन कार्यालय लगायत सम्बन्धित निकायहरुमा कानून बमोजिमको कारवाही लागि सिफारिस गरिने पत्रमा भनिएको छ।
सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको २ करोड ७० लाख बजेटमा (भ्याटसहित) वि.सं. २०७८ चैत ८ गते सम्ममा बजार सडक ढलानको काम पूरा गर्ने गरी वि.सं. २०७८ असार ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकेको थियो । बेस क्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भने नभएको स्थानीयले बताएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]