✍ प्रमोद श्रेष्ठ
नुनको भाउ बढेको छ
तेलको भाउ बढेको छ
ग्यासको भाउ बढेको छ
पेट्रोलको भाउ बढेको छ
दिनहुँ घटिरहेको र घटिरहने त सेयर बजार मात्रै हो …!
भ्रष्टाचार बढिरहेकै छ
महंगी बढीरहेकै छ
घटिरहेको त देशको स्वाभिमान मात्रै हो…..!!
नबढ्नुपर्ने चिजहरुको पनि भाउ बढेकै छ,
सरकारले यति धेरै कामहरु गरेको छ
र पनि भन्छन् मुर्खहरु “– सरकारले कामै गरेन ।”
निर्णय गर्नु – एउटा काम,
फेरि, त्यही निर्णय खारेज गर्नु– अर्को महत्त्वपूर्ण काम,
र पनि भन्छन् मुर्खहरु “– सरकारले कामै गरेन …..!!”
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]