देश पोष्ट /खोटाङ । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।
भीमदत्त नगरपालिका वडा नम्बर ६ एैठपुरमा रहेको गोल्डेन विरज स्कुलको छतमा वडा नम्बर ७ का २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्।
उनीसँगै सुतेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सँगै सुतेका उनले साथीको मृत्यु भएको भन्दै प्रहरीमा खबर गरेका थिए।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। मंगलबार बेलुकी लागुऔषध र मापसे गरेर उनीहरू स्कुलकै छतमा सुतेका थिए।
सँगै गएका केही साथीहरू फर्के पनि दुई जना भने स्कुलको छतमै सुतेका थिए।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]