देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेलमा शनिबार सम्पन्न समता खुला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि बाम्राङ फुटबल क्लबले जित्न सफल भएको छ । शनिबार माटिकोरे खेल मैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै बाम्राङले उपाधि हासिल गरेको हो ।
प्रतियोगिताको प्रथम उपाधि हासिल बाम्राङले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने साकेला गाउँपालिका फुटबल क्लबले नगद २७ हजार ७ सय ७७ र तेश्रो हुने हलेसी तुवाचुङ फुटबल क्लबले नगद १२ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेलको सर्वाधिक गोलकर्ता बाम्राङका हरी खवास भएका छन् । यस्तै, साकेलाका जोर्डन राई उत्कृष्ट खेलाडी, बाम्राङका सुजन खड्का सर्वोत्कृष्ट किपर, साकेलाका रामसुर राई उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरर्वाड साकेलाका प्रसान्त राई र बाम्राङका सुजन खवास उत्कृष्ट मिड फिल्डरलाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको समता फुटबल क्लबका सचिव सुमन हिङमाङले बताए ।
प्रथम पुरस्कारको प्रायोजन एमालेका नेता दिपक ठटाल र माओवादीका नेता मिलन चाहारले गर्नुभएको थियो ।
त्यस्तै , दोस्रो पुरस्कारको प्रायोजन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष महेन्द्र राई र तेस्रो पुरस्कारको प्रयोजन ग्लोबल वरियन्स नेपालले गरेको थियो ।
भदौ २५ गतेबाट सुरु भएको समता खुला पुरुष फुटबल प्रतियोगिताको खेलमा १७ समुहले सहभागिता जनाएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]