कमल प्रसाद तिमल्सिना
ललितपुर जिल्लाको दक्षिण पहाडी भूभाग मैले आफैले ललितपुरको कर्णाली भनि भन्ने गरेको थिए ,सुदूरपश्चिम र कर्णाली को यात्रा पछी,अनि पछी हाम्रा नेता हरुले पनि यो ललितपुर को कर्णाली हो भनेको सुने तर मैले भनेको कसैले सुनेनन किनकी म नेता हैन ।
ललितपुर जिल्ला भन्ने बितिक्कै सबै को सोच कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेलअनिटाढा सोच्यो भने लुभु अनि चापागाउ आदि सम्झने चलन अहिले पनि छ । ललितपुर जिल्ला मा पनि गाउँपालिका छ र? यस्तोप्रश्न आउने गर्छ उपत्यका को जिल्ला त गाउँपालिका मुक्तजिल्ला हैन र? यस्ता अनेकन प्रश्न आउने गर्छ तर म स्वयं संग यसको जवाफ छैन तर पनि सोच्छु कहिलेकाही बाजुराकोकोल्टी, कालिकोटको रासकोट, दैलेख को दुल्लु, अछाम को कमल बजार जस्ता धेरै नगरपालिका हुदाँ ललितपुरका तिन गाउँ पालिका किन नगरपालिका हुन सकेन यो स्तम्भकार लाइ पनि प्रश्न गर्ने मन नलागेको पक्कै होइन तर भने गरेको छैन र अब गरिन पनि ।
मैले जानेदेखि नै गोटिखेल बजार दक्षिण ललितपुर को एउटा ठुलो बजार को रुपमा रहेको थियो । गोटिखेल बजार स्थित माहांकाल मा.बि. हाम्रो बिद्यालय ललितपुर कै उत्कृस्ट बिद्यालय को रुपमा चिनिथ्यो र दक्षिण ललितपुर का अधिकांश भूगोल को बिद्यालय थियो । गोटीखेल क्षेत्र मा मेरो स्मरणमा २०४४ देखि २०४५ तिर मोटरबाटो पुगेको याद छ । तर त्यो बाटोमोटरचढेर उपत्यका छिर्ने अवसर भने मैले पाउन सकेको थिइन ।
२०५५ साल तिर एक पटक दिदी संग उपत्यका छिर्ने अवसर प्राप्त गरेको थिए, लामो बसाइ नभएको ले साथि हरु लाइ गफ लगाउने सम्म को खासै कलेक्सन केहि थिएन तै पनि गाडी, मोटर, ट्याम्पो आदि को गफ जो उपत्यका नछिरेका साथीहरुलाई सुनाउनको मजा पनि बेग्लै हुन्थ्यो, हल्का थपेर मिलाएर साथै हरुलाई स्कुलको हाफटाइम पास गरिन्थ्यो ।
२०५७ब्याच को SLCउतिर्ण भए पश्चात उपत्यका घर बाट बैधानिक रुपमै प्रस्थान गरियो अनि काठमान्डौमा कलेज पढ्ने कार्य प्रारम्भ संगै बिभिन्न जिल्ला का साथि हरु संग सम्पर्क भयो, कोहि साथीहरु कुन जिल्ला कोहि कुन आफुले सामाजिक शिक्षामा जिल्ला र सदरमुकाम पनि बल्ल बल्ल कण्ठ गरको, साथी हरुको घर जाने बाटो कस्तो होला हाम्रो दक्षिण ललितपुर जाने जस्तै होला कि मन भरि प्रश्नै प्रश्न उठीरहन्थ्यो सोधमभने साथीहरुले के भन्ने हुन् भनेर कहिलै सोधिन । प्रसङ्गबस कुरा हुँदा साथि हरु हिजो को नाइटमा आको भन्थे म सोच्थे हिजो राति आएका होलान अनि अग्रेजी बोलेका साथीहरुले भन्ठान्थे म बिचरा ।
कलेजमा बिभिन्न जिल्ला का साथि हरु मध्ये दुई जना मेरा मिल्ने साथि हरु हुनुहुन्थ्याे जो उमेर ले अलि पाका तर अति मिलनसार एकजना गोरखा अनि एक जना सिन्धुपाल्चोक हामि तिनै जना प्राय शुक्रबार घर जाने गर्थ्याै, बिहान उठेर कजेज नै हापेर घर जान को लागि चापागाउ मा गाडी कुर्न को लागि आउथे भने साथी बिहान कलेज सकेर अनि घर जानु हुन्थ्यो उहाँ हरु समयमै घर पुगेर आइतबार पनि दिउसोको प्राक्टिकल कक्षा भ्याउनु हुन्थ्यो म भने न शुक्रबार समय मा घर पुग्ने ठेगान हुन्थ्यो न त आइतबार को कक्षा भ्याउने कुनै टुंगो हुदैन थियो हप्ता मा दुई दिन कलेज छाड्नु पर्ने म ललितपुर जिल्लाबासि भएर पनि ।
एक जना साथि रौतहटका थिए गफ राम्रै गर्ने उमेर ले म भन्दा केहि कम तर गफ भने मेरो उचाई भन्दा माथि नै पुर्याउन खोज्ने तर पनि मेरो मिल्ने साथि उनको हिरो साइकल थियो, मलाई पनि साइकल चडाउन भन्दा दुई जनामा चलाउन सक्दिन तपाई चलाउनुहोस म पछाडी बस्छु भन्थे म हस भन्थे अनि साइकल को ड्राइभर बन्थे त्यो पनि गजबै थियो । ति साथी कहिले काहिँ मात्र घर जान्थे कुनै पर्व उत्सव आदि मा मात्र अनि काठमाडौं फर्किए पछी, बस को सिट को तारिफ, बस मा बजेको गाना, बस मा हेरेको फिलिम के के हो के के ?? आफु घर जादा आउदा दुध को क्यान माथि मिनीटाटा चढेको काहानी कसरि सुनाउनु मैले कहिलै सुनाइन अनि यिनी बाट नाइट बस भनेको के रछ भन्ने करो बल्ल बुझ्दै गए तर कहिलै नबुझे जस्तो गरिन आफै बुझ्दै गए ।
२०५९ साल मंसिर तिर लगभग कलेज को पढाई सकेर OJT गर्नु पर्ने थियो र OJT को लागि एउटा प्राइभेट कन्सल्टेन्सी मा काम गर्ने अवसर प्राप्त गरे काम सिक्ने अवसर अनि जागिर पनि यसरि हेर्दा हेर्दै जागिर खाने पो भैयो ,एक दिन अफिस पुग्ने बितिकै हाकिम साब ले उहाँको रुममा बोलाउनु भयो र मलाई रुपन्देही जिल्ला एउटा प्रोजेक्ट मा काम गर्न को जान को लागि भन्नु भयो र भोलि को नाइट बसमा जान को लागि भन्नु भयो मैले कुनै कुरो नसोची हस भने मेरो खुशीको कुनै सिमा रहेन घरमा सम्पर्क गरेर म रुपन्देही जादै छु भनेर भन्न अहिले जस्तो मोबाइल को जमाना थिएन त्यसैले घर मा कुनै खबर नै नगरी मा भोलिको यात्रा को तयारि गर्ने लागे अनि अफिसले भोलि साँझ ५ बजे को नाइट बस को टिकट थमाईदिनु भयो सम्पूर्ण जानकारी लिएर झोला बोकी भोलि को नाइट बसको सपना बोकेर रुममा आइपुगे, दाइहरु अनि घरबेटी दिदि हरु संग भोलिको यात्रा को बिषय को बारेमा कुरो गरे तर उहाँहरुले त एक्लै जान लागेको समय ठिक छैन माओवादी को बिगबिगी छ कस्तो ठाउँहो बुझेर जानु पर्ने यहीँ ललितपुरमा त यस्तो छ के के हो के के मैले सुने मात्र के गर्नु भोलि टिकट छ गोजी मा पेस्की छ जानुको विकल्प नै छैन मैले जाने निधो गरिसकेको हुदाँ मैले उहाँ हरुको कुरो मात्र सुने कुनै जवाफ दिईन ।
आफ्नो उपत्यका छाडने, नाइट बस छाड्ने सपना पुरा हुँदै थियो अनि दिउसो दुई बजे तिरै मामा को छोरा एक जना दाइ लाइ साथि लिएर बसपार्क गइयो बसछुट्ने समय ५ बजे भएको ले तिन घण्टा बसपार्क को सबै पसल र पुर्व देखि पश्चिम जाने सबै बस को बाहिर भित्र सबै अवलोकन गरियो जीवनमा पहिलो पटक यति धेरै बस पहिलो पटक देखेको थिए यति ठुला बस ।
लगभग ५ बज्नै लागेको थियो टिकट हेर्दै बस खोजे भैरहवा जाने बस फेला पारे मेरो सिट ड्राइभर पछाडी को झ्याल को सिट थियो तर मेरो सिट मा एक जना इन्डियन नागरिक बसेका थिए मैले मेरो भाषामा यो त मेरो सिट हो भनेको उनले अलिलामो प्रवचन दिए के भनेको मैले केहि बुझिन अनि म बस को ड्राइभर खोज्न थाले मलाई बस मा कन्डक्टर पनि हुन्छ भन्ने कुरो थाहै थिएन, ड्राइभर लाई भेटेर मेरो गुनासो राखे उसले कन्डक्टर लाइ भन्नुन भनेर पन्छियो मैले सोचे समस्याको अब कुनै समाधान छैन । तै पनि एक पटक कन्डक्टरलाइ गुनासो पोखु भनेर भेटे उनले आज इन्डियन तिर्थालु भएको ले अगाडी को सिट दिएको हो पछाडी को सबै सिट खालि छ तपाई हामि संगै बसम्ला बाटोमा स्टाफ खाना खुवाउछु तपाई चिन्तै नगरी लास्ट सिट मा गएर बस्नुस भने मेरो खुशी को सिमा नै रहेन आफु घर जादा आउदा दुध को क्यान माथि मिनीटाटा चढेको बानि बस को लास्टसिट पनि घरबेटी दिदीको सोफा भन्दा पनि लचकदार थियो मैले कुनै गुनासो गरिन अनि ५ बजेको बस भएता पनि बसपार्क बाट बस छुट्दा लगभग ६ नै बजी सकेको थियो दाइ संग बिदावारी भै भैरहवा को यात्रा सुरु भयो अनि मनमा एक किसिम को खुशी मात्र थियो अनि एक किसिम को डर पनि घरमा कुनै खबर नै छैन यदि यो बस दुर्घटना भयो भने मेरो परिवार ले त पत्तो नै पाउदैन होला रेडियो नेपाल को समाचार सुने भनेत हो नत्र थाहै पाउदैन यस्तै सोच्दै थिए बस को अघिल्तिर ढोकामाथि टिभी मा फिलिम चल्न थाल्यो तर फिलिम हिन्दि भएको ले मालाई खासै हेर्ने मन भएन जीवन को पहिलो लामो बस यात्रा म थानकोट नकाट्दै निदाएछु ।
एकैपटक बस धर्के मा रोकिएको रहेछ म निदाई रहेको थिए एक जना आएर दाइ उठ्नोस नास्ता गर्न जाउँ भने तिनै कन्डक्टर दाजु रहेछन दाजु ले संगै बसालेर नास्ता गराए संगै दाजुले नास्ता संगै एउटा भोड्का पनि मगाए लिनु हुन्छ भनेर मालाई पनि सोधे मैले लिन्न भने उनले सायद तिन घुट्की मा सके अनि जाउँ भने मैले पैसा भनेको त् उनले दाजु भए पछी के चिन्ता भने अनि मैले रक्सि खाने नै भए पनि दाजु चै गजबकै भेटेछु भन्ठाने अनि लास्ट सिट मा गएर बसे दाजु कहिले लास्टसिट मा त कहिले ढोका मा वहोरदोहोर गरि रहन्थे म भने भुसुक्कै निदाएछु लगभग ११ बजे तिर अघि जस्तै दाइ उठ्नोस खाना खाना जाउँ भनेर तिनै कन्डक्टर दाजुले बोलाए म बिस्तार उनलाई पछ्याउदै होटल भित्र छिरे बसचालक, कन्डक्टर, बस को सहयोगी अर्को भाइ अनि म खाना खान सुरु गरेको ससुराली गएको ज्वाई लाइ भन्दा मान सम्मा हुने रहेछ जे खाए पनि फ्री बल्ल स्टाफ खाना भनेको यो रहेछ भन्ने थाहा पाए ११ बजे राति दुई निद्रा पछी भात खाएको आमा ले खुवाउन छाडेपछि को यो मेरो पहिलो अनुभव थियो राति भए पनि राजमार्ग को भात पहिलो अनुभव मिठो थियो पछी थाहा पाए त्यो त स्टाफ खाना भएर पो रहेछ ।
खाना खाई सकेपछी पुन रात्री बस को यात्रा सुरु भयो बस नारायण घाट को पुल तर्दा सम्म ननिदाई यात्रा गरियो र पुल पार गरिसके पछी पुन निद्रा देबी को काख मा नै रमाए राति को यात्रा कहाँ पुगियो कुनै पत्तो नहुने हुँदा निदाउनु नै उपयुक्त लाग्याे, भैरहवा पुग्न निकै छिटो हुने हुँदा भैरहवा जाने बस दुम्कीबास मा बस्ने चलन रहेछ सोहि अनुसार बस बिहान २बजे सम्म त्यही बस्दो रहेछ । म मस्त निद्रा मा थिए बाहिरबाट चिया तातो तातो भनेको आवाजले म ब्युझिए र घडी हेरको बिहान को १:३० भएको रहेछ कोहि प्यासेन्जर मस्त निद्रा मा थिए कोहि बिहानको चिया खाई रहेका थिए अनि म पनि बस बाट तल ओर्लिए दाँया बाँया हेरे हिजो स्टाफ खाना खुवाउने दाजु लाइ उनि नजिकै एउटा चिया पसल मा चिया खाई रहेका थिए तर उनले चिया खाउँ भनेन मैले आफै चिया मगाए अनि चिया पिए कन्डक्टर दाजुले त्यहाँ पैसा तिरेर चिया खादा रहेछन तर मेरो चिया को भने तिरेनन् मैले सोचे स्टाफ खाना भनेको पैसा नतिरी खाने खाना पो रहेछ पैसा तिर्नु पर्ने ठाउँमा कन्डक्टरहरुले अरुको ५ रुपैया पनि तिर्ने हैन रहेछ भन्ने बुझे अनि मैले मेरो पैसा तिरे र बस चढे २ बजे पछी दुम्कीबास बाट बस हरु धमाधम छुट्न थाले हाम्रो बस पनि अघि बढ्न लाग्यो अनि मैले कन्डक्टर दाजु लाइ सोधे दाजु अब कति समय मा पुग्छ भैरहवा? उनले त्यस्तै ५ बजे भने मैले मालाई रेसुंगा होटल मा ओरालिदिनु होला है भने उनले पनि हुन्छ भने बस दाउन्नेको उकालो पार गरिओरालो लागि सकेको थियाे म भुसुक्कै निदाएछु एक्कासी दाइ तपाई को झर्ने ठाउँ आइपुग्यो भनेर कन्डक्टर दाजुले बोलाउनु भयो यहिँ हो भनि सोधे उनले पनि हो भन्ने जवाफ दिए अनि म ओर्लिए, घडी हेरे बिहान को ५ बज्नै लागेको थियो तर उज्यालो प्रस्ट भएको थिएन दायाँ बायाँ हेरे पुरै अन्धकार थियो मैले होटल रेसुंगा खोजे अध्यारो ले देखिन नजिकै एउटा सालिक रहेछ कुनी कस्को सालिक थियो त्यो ख्याल गरिन अनि सालिक को छेउमा गएर बसे, त्यही सालिक मा पनि निदाउन बाकीं राखिन एक छिन झुमे र विउझिदा उज्यालो भइसकेको थियो पहिला घडी हेरे ६ बजी सकेको थियो दायाँ बायाँ होटल रेसुंगा खोजे सालिक को अगाडि नै रहेछ तर अहिले जस्तो मोबाइल फोन थिएन फोन गर्न को लागि ७ बजे सम्म होटल खुल्ने प्रतीक्षा मा कुरी रहे अनि ७ बजे बल्ल होटल खुल्यो अनि सरासर होटल मा गए अनि हाम्रो सर हरु त्यहीँ हुनुहुदो रहेछ सबै लाइ भेटे संगै चिया खाइयो मेरो उपत्यका छाडेको अनुभव यसरि सकियो
Email: [email protected]
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]