देश पोष्ट/ काठमाण्डौं । बिगत बर्षहरुमा झै यो बर्ष पनि शुभ दिपावलीको अबसरमा नेकपा एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
मिति २०७९/०७/१ गते नेकपा (एमाले ) खोटाङ काठमाडौ सम्पर्क मन्चको विशेष बैठक बसी मञ्चका अध्यक्ष क. नबराज रोकाको अध्यक्षता ,केन्द्रीय बिज्ञान तथा प्रवृत्ति बिभाग सदस्य तथा मन्च सल्लाहकार क. रबिन्द्र ओझा को प्रमुख आतिथ्यतामा उक्त निर्णय भएको मञ्चका सचिब राजकुमार राईले जानकारी दिनुभयो ।
२०७९ सालको शुभ दिपावलीको अबसरमा यहि कात्तिक ७ गते ११ःबजे देखि ५ः०० बजे सम्म कृष्ण भोग पाटिप्यालेसमा भब्य र सब्य रुपमा सामुहिक देउसी भैलो खेल्ने निर्णय भएको मञ्चका अध्यक्ष नबराज रोकाले जानकारी दिनुभयो ।
यम मगरको संयोजकत्वमा सुमन फयल –स संयोजक रहने गरी ७ सदस्यीय ब्यबस्थापक समूहको निर्माण गरी उपत्यकामा बिभिन्न हिषाबले बसोबास गरेका नेकपा एमाले तथा गैह्र एमाले खोटाङ्गे नागरिकहरुको आपसी सद्भाब कायम गर्नका लागि बर्षेनी खेलिदै आएको देउसी भैलो कार्यक्रममा सबैले मनोरञ्जन गर्न सकिने गरी उक्त कार्यक्रमको आयोजना गरिएको र सबैलाई सादर निमन्ञणा गरिएको प्रचार बिभाग प्रमूख पदम सुन्दर राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]