देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगरभित्र सञ्चालन भईरहेका योजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन निर्माण कम्पनीहरुलाई आह्वान गरेको छ।
बिहीबार नगरको सभाहलमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाभित्रका १७ वटा योजनाहरु अधुरा, अलपत्र र सम्पन्न हुन बाँकि रहेको विवरणहरु नगरप्रमुख तीर्थराज भट्टराईले सार्वजनिक गर्दै मासिक कार्ययोजना र प्रगति विवरण ३५ दिन भित्र बुझाउन निर्माण कम्पनीलाई आह्वान गर्नुभएको छ ।
सार्वजनिक गरिका विवरण अनुसार हुर्लुङ–जालपा सडक ग्राभेल, महुरे–फोक्सिङटार सडक अन्तर्गत नुनथलाको महुरेदेखि राजापानीको सिमपानी सडक कालोपत्रे, अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नती, साप्सुखोला दुबे ग्राभेल सडक र छेपेखोला पक्की पुल, दोर्पाको पंखु खोलामा पक्की पुल, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकअन्तर्गतको हस्पिटल चोक–आहाले सडक ढलान/कालेपत्रे, भुते जिरो आयुर्वेद सडक स्तरोन्नती, अल्छेढुंगा–नेर्पा–दोर्पा सडक स्तरोन्नती, हाँटडाँडा काफ्लेगाउँ घुम्तीवर सडक स्तरोन्नती, भालुखोला मेवाखेला पुलको काम अलपत्र परेको छ।
जिल्ला अस्पताल नयाँ भवन निर्माण, बजार ढलान महुरेगढी बहुप्राविधिक शिक्षालयको २ तले प्राविधिक भवन, ३ तले प्राविधिक भवन,माटिकोरे खेलमैदान विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन निर्माणको काम अपूरो साथै अलपत्र छ।
सार्वजनिक गरिएका तथा अलपत्र र अपुरा योजनाका कामहरु ३५ दिनभित्र पुनः सुचारु नभई तोकिएको समयसीमाभित्र काम सम्पन्न नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्बन्धित नियामक निकायहरुमा निर्माण व्यवसायीहरुलाई कालो सूचिमा राख्ने लगायतका कानून बमोजिमको हदैसम्मको कारवाहीका सिफारिस गरिने मेयर भट्टराईले बताउनुभयो।
नियमनकारी सरकारी कार्यालयमा ज्ञापन पत्र बुझाउने, धर्ना दिने, घेराउ गर्ने, अनसन बस्ने, तालाबन्दी गर्ने काम नगरको अगुवाईमा गर्न बाध्य नपारियोस भन्ने मेयर भट्टराईको भनाइ छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]