देश पोष्ट /खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ स्थित नितु स्मृति प्रतिष्ठान नेपालको १६औँ साधारण सभा, छैटौं अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम साथै इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोषको पाँचौ साधरण सभा तथा पुरस्कार वितरण कार्यक्रममा बाम्राङ रहेका सम्पुर्ण विद्यालयहरुका उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रमाणपत्र सहित नगद पुरस्कार साथै शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
बाम्राङ रहेका विद्यालयहरु श्री सावित्रा मा. वि. , श्री सुर्केडाडा आ. वि. , श्री बाल विकास प्रा. वि , श्री जनता प्रा. वि. , श्री वसन्त पञ्चमी प्रा. वि., श्री सिद्देश्वरी प्रा. वि., मेरिगोल्ड ई. बो. स्कुलका उत्कृष्ट,गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आज पुरस्कार वितरण गरिएको हो ।
सम्पूर्ण विद्यालयका उत्कृष्ट विद्यार्थीहरु र गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरुलाई ३० हजार बराबरको पुरस्कार वितरण गरिएको नितु स्मृति प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष लिला बहादुर खत्रीले जानकारी दिनुभयो ।
यो संस्था २ लाख ७५ हजार रुपैंयाबाट सुरु गरिएको थियो ।वि.स. २०६३ सालमा स्थापित यस संस्थाले स्थापना कालदेखि नै बाम्राङका सम्पूर्ण विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आएको छ ।
त्यसैगरि, इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोष
वि.स २०७४ सालमा स्थापित इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोषले बाम्राङका सम्पूर्ण विद्यालयका उत्कृष्ट विद्यार्थीहरु र गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरुलाई ३० हजार बराबरको पुरस्कार वितरण गरिएको इमानसिंह सोमलछी राई शिक्षा पुरस्कार अक्षय कोषका अध्यक्ष राम प्रसाद राईको भनाइ रहेको छ । यस अक्षय कोष ३ लाख २५ हजार रुपैंयाबाट सुरु गरिएको छ ।
यी दुबै सस्थाहरुको मुख्य उद्देश्य नै विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गराउने रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]