देश पोष्ट /काठमाडौं । हास्यब्यंग्य बिद्याका कलाकार गणेश इशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आउदो नयां बर्षको अबसर पारेर शुरु हुने भएको छ ।
‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आगमी २०८० साल बैशाख १६ गते राष्ट्रिय नाचघर काठमाडौबाट बिशिष्ट ब्याक्तित्वहरुका साथ वरिष्ठ कलाकारहरुको उपस्थितिमा कार्यक्रम हुने कलाकार इशाराले जानकारी गराएका छन् ।
हास्यब्यंग्य विद्याका कलाकार ईशाराले विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न आफ्नो श्रृजनाहरु दर्शक सामु पस्किरहेको कुरा ब्यक्त गरेका छन् ।
कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहायता दिन सकुँ भन्ने उद्धेश्यले स्मृतिकोष निर्माण गरेर अगाडी बढेको जनाएकाछन् ।
कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ रहेको छ । त्यस्तैगरि दर्जनौ म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज गरेका छन ।
कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आएको जनाएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]