देश पोष्ट/ खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदी र टेम्के मैयुङ गाउँपालिका–१ तिम्मा जोड्ने ‘फेदी–धोद्रे–भोजपुर सडक’ उद्घाटन गरिएको हो । फेदीबाट धोद्रे–भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामोचौंरसम्म र भोजपुरतर्फबाट धोद्रेको भालु खोलासम्म सडक बनिसकेको अवस्थामा केपिलासगढी गाउँपालिकाले साँढे १० लाख बजेट खर्च गरेर बीचको बाँकी डेढ किलोमिटर खण्ड खनेर सडकलाई जोडिएको हो ।
उपभोक्ता समितिमार्फत सडक जोड्ने काम पुरा गरिएको हो । भोजपुर हुँदै पुर्वी शहर आवतजावत गर्ने छोटो दुरीको सडक बनेसँगै स्थानीय हर्षित भएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]